ब्याले डान्सका ‘चम्किला तारा’ क्रिग्टन सेती खोंचमा अस्ताए

पाेखरा | माघ ४, २०७९

ब्याले डान्सका ‘चम्किला तारा’ क्रिग्टन सेती खोंचमा अस्ताए तस्बिरः गेट्टी/इन्स्टा

गत आइतबार पोखराको सेती खोंचमा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेर ३४ वर्षीय बेलायती नागरिक रुअन क्रिग्टनको पनि ज्यान गएको छ । 

 

अघिल्लो दिन काठमाण्डौंमा ३४ औं जन्मदिन मनाएर पोखरा आउन विमान चढेका क्रिग्टन सेती नदीको खोंचमा अन्य ७२ जनासँगै संसारबाट अस्ताए । प्रारम्भिक सूचनामा आइरिस नागरिक भनिए पनि उनी बेलायत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 
 

 

ब्रेन्टउड निवानसी क्रिग्टन सन् २००५ मा लन्डनस्थित सेन्ट्रल स्कुल अफ ब्यालेमा भर्ना भएका थिए । २००८ देखि २०१३ सम्म स्लोभाकियाको स्लोभाक नेसनल थिएटरमा आबद्ध भएका क्रिग्टनलाई ब्यालेको विधामा आबद्ध थिए ।

 

क्रिग्टनबारे सन् २००८ मा बिबिसीले ‘चम्किलो तारा’ उपनाम दिएर समाचार प्रकाशित गरेको थियो । 
 

 

जिम्न्यास्टिककासमेत विद्यार्थी रहेका क्रिग्टन २०१२ देख्रि बे्रन्टनकै सेन्ट्रल स्कुल अफ डान्स एण्ड ड्रामामा भर्ना भई ब्याले नृत्यतर्फ मोडिएका थिए । साथै, उनी नेदरल्याण्डको यूरोपियन स्कुल अफ फिजियोथेरापीको विद्यार्थीसमेत रहेको बताइएको छ । 
 

 

डेली मेल लेख्छ, ‘क्रिग्टनको मृत्युले युरोपको ब्याले समुदाय दुखित र शोकमा डुबेको छ ।’

 

 ‘क्रिग्टन चम्किलो घामजस्तै थियो, हामी असल साथी थियौं र लामो समय यहाँ बितायौं’ स्लोभाक नेसनल थिएटरमा लामो समय सँगै बिताएका क्रिग्टनका एक साथी भन्छन्, ‘म दुखित छु, उसको बारे केही बोल्न मलाई गाह्रो भइरहेको छ ।’

 

उनी अध्ययनरत विद्यालय सेनफिल्ड हाइस्कुलले क्रिग्टनलाई ‘नम्र र उदार’ व्यक्तिको संज्ञा दिएको छ । 

 

(डेली मेलको सहयोगमा)

 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्